जब अजिंगरले खान खोज्यो दुम्सीः काँडैकाँडाले ढाकिँदा यसरी छट्पटियो

चैत १८ – ब्राजिलको जंगलबाट खतरनाक देखिने अजिंगर जब बाहिर सडकमा निस्कियो तब यसलाई हेर्न मानिसहरुको घुँइचो लाग्यो । वास्तवमा उक्त अजिंगरको शरिरभरी काँडैकाँडा रोपिएकाले निकै खतरनाक देखिएको थियो । उक्त अजिंगरलाई देखेर कुकुर पनि भुक्न थाल्यो । उनको शरिर हज्जारौं काँडाले ढाकिएको थियो जसका कारण पाँच फिट लामो अजिंगर निकै डरलाग्दो देखिएको थियो । उक्त अजिंगर ब्राजिलको जंगलभित्र दुम्सीलाई आक्रमण गरेको थियो जसका कारण उल्टै अजिंगरलाई हानी भयो । उक्त अजिंगरले दुम्सीलाई आफ्नो शिकार बनाउने कोसिस गर्दा यी दुईबिच निकै बेर झगडा भयो । अन्त्यमा अजिंगरको आहारा हुनबाट आफूलाई जोगाउनका लागि दुम्सीले आफ्नो काँडा सबै अजिंगरको शरिरमाथि गाडिदियो जसका कारण अजिंगर न त त्यहाँबाट भाग्न सक्यो न नै एकै ठाउँमा बस्न नै ।

0 comments

प्रतिकृया दिनुहोस