दाङको दिदी-भाउजु होटलबाट चितुवाको छाला सहित दुई जना पक्राउ
दाङ , १० फागुन : चितुवाको छाला सहित दाङको लालमटियास्थित दिदी-भाउजु होटलबाट दुई जना पक्राउ परेका छन्। प्युठान स्याउलीबाङ-३ बस्ने ३९ बर्षीया सेतु नेपाली र रजवारा-२ बस्ने ३८ बर्षीय भिम परियारलाई १ थान चितुवाको छाला सहित सोमबार प्रहरीले पक्राउ गरेको छ। उनीहरुले बोकेको झोलामा प्रहरीले शंका गरी चेक गर्दा चितुवाको छाला फेला परेको थियो। चितुवाको छाला सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


0 comments
प्रतिकृया दिनुहोस